महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा अखिल क्रान्तिकारीले महिला हिंसाविरुद्ध प्रदर्शन गरेको छ । मोरङको लेटाङमा एक शिक्षकले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि उनीसहित समग्र महिला हिंसाविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा उनीहरूले महिला हिंसाविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सम्बन्धित सामग्री

धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन

सुनसरी । सुनसरीको धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका छन् । धरानको महेन्द्र क्याम्पस, पब्लिक माध्यमिक विद्यालय, धरान सिटी कलेज, धरान मेघा कलेज, धरान मोडल कलेज, शारदा बालिका माध्यमिक विद्यालय, धरान उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेर धरानमा विरोध प्रदर्शन गरेका […]

किशोरी बलात्कारविरुद्ध प्रदर्शन

काठमाडौं, ६ जेठ । बलात्कृत किशोरीको न्यायको लागि आज विरोध प्रदर्शन भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले किशोरीको न्यायको लागि रत्नराज्य क्याम्पस (आरआर) अगाडी विरोध प्रदर्शन गरेको हो । छात्र छात्राहरुले ‘पीडित सुस्मितालाई न्याय दे’, ‘महिला हिंसा बन्द गर’, ‘बलात्कारीलाई फासी दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । Photo: Mukunda Kalikote

महिला हिंसा विरुद्ध युवाहरुको प्रदर्शन (तस्विरसहित)

न्युज अफ नेपाल, काठमाडौं । १६ दिने महिला हिंसा विरुद्धको दिवसका सन्दर्भमा युवाहरुले माइतीघर मण्डलामा महिला हिंसा विरुद्ध पर्दशन गरेका छन् । ‘घर देखी सुरु गरौ, महिला हिंसा विरुद्धको हिंसा अन्त्य गरौं’भन्ने मूल नारासहितको प्रदर्शनामा युथ एड्भोकेसी नेपालको आयोजना तथा एक्सन एड नेपाल लगायतका सामाजिक संघ संस्थाहरुको सहकार्य रहेको थियो । ‘मानवअधिकारको सम्मान गर, महिला […]

'महिला हिंसा- भ्रूणदेखि चिहानसम्म'

काठमाडौं: बबरमहलस्थित नेपाल कला परिषदमा 'महिला हिंसा- भ्रूणदेखि चिहानसम्म' एकल चित्रकला प्रदर्शन भइरहेको छ। आर्टिस्ट सुप्रिया पाण्डेले महिलामाथि हुने हिंसाका विषयमा केन्द्रित भएर बनाएका पेन्टिङ प्रदर्शनमा राखिएका छन्। हिजोदेखि सुरु भएको एकल कला प्रदर्शनी शनिबारसम्म चल्नेछ। प्रदर्शनमा राखिएका पेन्टिङले महिलाको भ्रूणदेखि मृत्युसम्म भोग्नुपर्ने पीडालाई देखाएको छ। भ्रूण परीक्षण गरेर छोरीलाई जन्मिनै नदिने प्रवृत्तिदेखि…

महिला हिंसा र बलात्कारविरुद्ध प्रचण्ड-माधव समूहको महिलाको प्रदर्शन

९ फागुन, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा …

महिला हिंसा र बलात्कारविरुद्ध सप्तरीमा प्रदर्शन

९ फागुन, सप्तरी । देशमा बढिरहेको महिला हिंसा र बलात्कारविरुद्ध आइतबार सप्तरीमा प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघले सदरमुकाम राजविराजमा प्रदर्शन गरेको हो । मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको महिलाहरुको बिरोध …

महिला हिंसा र बलात्कार विरुद्ध अनेम संघको विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड– नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ।

महिला हिंसाका विरुद्ध राजधानीमा महिला संगठनहरूको प्रदर्शन र विरोधसभा

काठमाडौँ । महिलाहरूमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका हिंसा, बलात्कार र हत्याका विरुद्धमा २०७७ फागुन ८ गते राजधानीमा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको छ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), बिप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र नेकपा (संयुक्त) सँग आबद्ध महिला सङ्गठन मिलेर बनेको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको आयोजनामा सो विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो । राजधानीको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुस असन, ईन्द्रचोक हुँदै बसन्तपुर डबलीमा पुगेर विरोधसभामा परिणत भएको थियो । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको सञ्चालनमा विरोध सभा अघि बढेको थियो । विरोधसभालाई सम्बोधन गर्ने महिला नेतृहरूमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, बैज्ञानिक समाजवादी महिला सङ्गठनकी अध्यक्ष धनकुमारी सुनार, नेपाल महिला फेडरेसनकी सचिव आसा महर्जन र अखिल नेपाल महिला युनियनकी अध्यक्ष सीता सुवेदी रहेका थिए । सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे । सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे । विरोधसभामा कवयित्री तथा लेखिका सरिता तिवारी र इन्दिरा अधिकारीले महिला हिंसाका विरुद्धमा सशक्त कविता वाचन गरेका थिए । भागरथी भट्टलगायत देशभरि भएका महिला हिंसा, बलात्कार र हत्याका विरुद्धमा आयोजित सो प्रदर्शनमा सहभागीहरूले “हत्यारा बलात्कारीलाई कारबाही गर”, “महिला हिंसा बन्द गर”, “बलात्कारीलाई सार्वजनिक गर”, “फासिवादी सरकार मुर्दावाद”, “भ्रष्टाचारीलाइ कारबाही गर”, “वैदेशिक हस्तक्षेप बन्द गर”, “हिंसा होइन, सुरक्षा दे”, “दमन होइन, अधिकार दे” र “संयुक्त महिला आन्दोलन जिन्दावाद” लगायतका नारा लगाएका थिए ।

महिला हिंसा अन्त्यको माग गर्दै विद्यार्थीद्वारा एक घण्टा प्रदर्शन

काठमाडौं: अनेरास्ववियु आरआर क्याम्पस कमिटीले महिला हिंसा अन्त्यको माग गर्दै आइतबार बिहान विरोध प्रदर्शन गरेको छ।  २४ फागुनमा कैलालीमा बोक्सीको आरोपमा  २० वर्षीया राधा चौधरीलाई ६ घण्टासम्म कुटपिट गरेको घटनाको विरोधमा  आरआर क्याम्पस अगाडि विद्यार्धीहरुले विरोध प्रदर्शन गरेका हुन्। एक घण्&zw...