निर्वाचन आयोगको टोलि विवाद मिलाउन मतदान स्थल जाँदै, ८५ ओटा केन्द्रको मतदान स्थगित

   वैशाख ३१, काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको संख्या ८५ पुगेको छ ।             निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा शनिवार साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छ ओटा प्रदेशका १७ जिल्लाका ४४ ओटा मतदानस्थलका गरी ८५ ओटा केन्द्रमा मतदान स्थगन भएको हो ।             तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति तोकिएको छ भने अन्यमा निर्णय भइसकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आकलन गर्न भनिएको बताए । कतिपय मतदानस्थलमा देखिएको विवाद मिलाउन आयोगबाट टोली पनि जाने भएको छ । रासस