२८ जेठ, डोटी । शनिबार सम्पन्न खप्तड—शैलेश्वरी म्याराथन प्रतियोगितामा नेपाली सेनाको भवानी बक्स गण, अछाममा अमलदार सुशीलकुमार शाही प्रथम भएका छन् । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडमा लाग्ने गंगा दशहारा महोत्सवको अवसरमा आयोजना गरिएको ‘सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगिता खप्तडको त्रिवेणी धामदेखि डोटीको शैलेश्वरीसम्म ३२ किलोमिटरको दुरी शाहीले दुई घण्टा १८ मिनेट ३१ […]