काठमाडौं, २५ जेठ । क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थको नकारात्मक असर र वातावरणीय प्रभावबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल टेलिकमसँगको सहकार्यमा काउन्सिलले आज कञ्चनपुरको कञ्चनजंगा ईंग्लिस बोर्डिङ्ग स्कुलमा धुम्रपानको नकारात्मक असर, क्यान्सर रोग र नसर्ने रोगको रोकथामका उपायबारे एक दिवसीय जनचेतनामूलक अन्तरक्रिया आयोजना गरिएको हो । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित अन्तरक्रियामा […]