यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीले प्राप्त गरेका छन् । सहारा क्लब पोखराले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार शाहीलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ नगद २० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरी पुरस्कृत गरिएको हो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार शाहीलाई सम्मान गर्दै पोखराको खेलकुद क्षेत्रमा सहाराले पुर्याएको योगदानको प्रशंसा […]