विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन्।प्रदेशको राजधानीका लागि धेरै संरचना यहाँ रहेको भन्दै उनले आवश्यक परे जग्गालगायत उपलब्ध गराउने बताए। ‘अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन औपचारिक एउटा पनि पत्र आएको छैन’, उनले भने, ‘महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौँ।’राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उ