गोल्डस्टार किनेको बिल ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ३० प्रतिशत छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे । यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बत