दाङ : पछिल्लो समय भाइरल ज्वरो बढेपछि घोराहीका संस्थागत विद्यालय ४ दिनसम्म बन्द गरिएको छ। उपमहानगरमा रहेका संस्थागत विद्यालयहरू मङ्गलबारदेखि ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको घोराही नगर प्याब्सनले जनाएको छ।पछिल्लो समय भाइरल ज्वरो बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर प्याब्सन अन्तर्गतका विद्यालयहरूमा ४ दिनसम्म बिदा दिने निर्णय गरेको घोराही अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए।प्याब्सन घोराहीले सोमबार एक विज्ञप्ति जारी गरी विद्यालय बिदा गर्ने निर्णय गरेक