जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले दुईटा राजनीतिक प्रतिवेदन बारेमा छलफल गरेको छ । शनिबारदेखि बस्ने जसपा संघीय परिषद् तथा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ।संघीय परिषद्को बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती दुईटा राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र बैठकमा पेस गर्ने निर्णय भएको उनले