बिजपाटी समाचार प्रभावः संसदमै उठ्यो विदेशी सम्बन्धन लिएर चलेका कलेज खारेजको माग

बिजपाटी डटकमले निरन्तर उठाईरहेको विषयले संसदमा पनि प्रवेश पाएको छ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालन हुँदै आएका भनिएका कलेजहरुको विषयमा बिजपाटीले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ । यो विषय प्रतिनिधिसभामा पनि उठेको हो । सांसद प्रेम सुवालले संसदको बैठकमै ठगी गरिरहेका विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरु खारेज गर्नुपर्ने बताएका हुन् । उनले नेपाली विद्यार्थीलाई ठग्दै आएका त्यस्ता कलेजहरु तत्काल खारजे नगरिए शिक्षा प्रणालीमाथि नै खतरा रहने बताएका हुन् । सँगै, उनले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नाममा ठगी गर्दै आएका कलेजहरु खारेज गर्नुको सट्टा भक्तपूर नगरपालिकाले ख्वपः विश्वविद्यालय विधेयक पारित गरेर १० देखि १५ लाखमै एमबीबीएस पढाउँछु भन्दा शिक्षा मन्त्रालयले विधेयक पारित नगरेको भन्दै यहाँ मिलेमतो रहेको आशंका समेत गरे । यसअघि बिजपाटी डटकमले अंग्रेजीमा आकर्षक नाम राखेर महँगो विज्ञापन गर्दै विद्यार्थीहरूलाई लोभ्याउने, तिनै विद्यार्थीको भविष्यलाई दाउमा राखेर नियम, कानून र निर्देशिका उल्लङ्घन गरी ‘छाडा’ रूपमा चलिरहेका शिक्षण संस्थाले गर्दै आएको ठगीका विषयमा पटक पटक समाचार लेख्दै आएको छ ।बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ःसम्पादकीयः विदेशी सम्बन्धनका नाममा चलेका ‘छाडा’ शिक्षण संस्था सुधार्न तत्काल पहलकदमी आवश्यकइस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर–कानूनी आर्थिक कारोबारलिंकन युनिभर्सिटीका नाममा चलेको केएफए कलेज, जसलाई शिक्षा मन्त्रालयले चिन्दैनआर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजालविदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममाकिन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका ‘अवैध’ कलेजमाथि कारबाहीको सिफारिस ?विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खानेमन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड