कोरोनाबाट बचाउन भन्दै झुप्रोमा राखे बच्चा, आगो लागेर जिउँदै जले

भारतको बिहार राज्यमा पटना नजिक अलाउद्दीनचक गाउँबाट मुटु कँपाउने खबर आएको छ ।  आफ्ना चारजना बालबालिकालाई कोरोनाको कहरबाट जोगाउनका लागि मातापिताले एउटा झुप्रोमा बन्द गरेका थिए । तर झुप्रोमा आगो लागेपछि चारै बालबालिका जिउँदै जलेर मरे ।  बच्चाहरूलाई झुप्रोमा राखेर ढोका थुनी मातापिता खेतमा काम गर्न गएका थिए । तर झुप्रोमा अचानक आगो लाग्यो र चारै बच्चा जले ।  गाउँमा शोकको लहर दौडिएको छ । मातापिता रोएर बेहाल छन् ।  दलित पासवान परिवार गरीब छ र झुप्रोमा बस्ने गर्छ । घरमा तीन छोरा र एक छ...