केरलका मानिस शिक्षित भएकाले हाल्दैनन् भाजापालाई भोट : भाजपा नेता

भारतको केरल राज्यको विधानसभा निर्वाचन आउनै लागेको बेलामा भारतीय जनता पार्टीका एक नेताले विवादास्पद बयान दिएका छन् ।  केरल भाजपाका वरिष्ठ नेता तथा पार्टीका तर्फबाट एक मात्र विधायक ओ राजगोपालले राज्यमा साक्षरता दर अत्यधिक भएकाले भाजपा अघि बढ्न नसकेको बताए । उनका अनुसार, केरलाका मानिस मतदान गर्नुअघि सोच्छन् र तर्क गर्छन् । केरल विधानसभामा १४० विधायक छन् । अप्रिल ६ मा एक चरणको मतदान हुँदैछ ।  राज्यमा अहिले वामपन्थी दलहरूको नेतृत्वको एलडीएफ सत्तामा छ । कांग्रेस नेतृत्वको यूडीएफ प्रमुख विपक्षी गठबन्धन हो ।&nb...