समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो । उहाँले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताउनुभयो ।
प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई बिस्तार गरिएको छ ।विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई बिस्तार गरिएको हो ।निजी प्रयोगशालमा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर, प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी […]
लहान, बैशाख ६ । आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा ४५ जना पोजेटिभ, गौर अस्पताल रौतहटमा गरिएका ४ वटा नमुना परीक्षणमा ३ पोजेटिभ, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएका ३ एन्टिजेन परीक्षणमा २ पोजेटिभ र २० वटा […]
प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
२० वैशाख, जनकपुरधाम । गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि प्रदेश २ मा अर्काे मेसिन आइपुगेको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाममा नयाँ मेसिन ल्याइएको हो । नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ …