माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरूमाथि साङ्घातिक हमला गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प