भारतको राजधानी नयाँदिल्लीमा लकडाउन गर्नेबारे सोमवार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।
परालमा आगो लगाउँदा र तिहारमा पटाका पड्काउँदा भएको प्रदूषणका कारण यतिबेला भारतको राजधानी वायु संकटमा परेको छ ।
राजधानी नयाँदिल्लीमा लकडाउन गरेर वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उपायबारे सर्वाेच्च अदालतमा छलफल भइरहेका बेला दिल्ली सरकारले भने पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने तर्क गरेको छ ।
दिल्लीमा लकडाउन गरेर मात्रै प्रभावकारी नहुने तर्क गर्दै मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकारले पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने ज...