जाँदाजाँदै बालकृष्ण खाँणले गरे ४ जिल्लाका सीडीओ सरुवा

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले प्रजिअहरु हेरफेर गरेका हुन् ।आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका पत्नी सुप्रभा ढुंगेललाई उनले मनाङको प्रजिअमा सरुवा गरेका छन् । गृह मन्त्रालयमा कार्यरत वसन्त भट्टराईलाई सोलुखुम्बुको सीडीओ बनाइएको छ ।रसुवामा प्रकाशचन्द्र अधिकारी र बाजुरामा पुष्कर खड्कालाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार मनाङका रवीन्द्र आचार्यलाई काठमाडौंको सहायक प्

सम्बन्धित सामग्री

तीन जिल्लाका सीडीओ फेरिए, २४ सहायक सीडीओ सरुवा

१० असोज, काठमाडौं । सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए । यसैगरी रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको …

सीडीओ सरुवा : काठमाडौंमा जयनारायण आचार्य

२६ भदौ, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ । यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए …

तीन जिल्लाका सीडीओ सरुवा- बागलुङमा नेत्र सुवेदी खगेन्द्र रिजाल बाँके

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले नेत्र सुवेदीलाई बागलुङको सीडीओ बनाएर पठाएको छ भने बागलुङका खगेन्द्र रिजालको बाँकेमा सरुवा भएको छ । त्यस्तै केदारप्रसाद शर्मा पर्वतको सीडीओमा सरुवा भएका छन् ।

सीडीओ सरुवाको कार्यविधि संशोधन, जिल्ला वर्गीकरणमा हेरफेर

६ चैत, काठमाडौं ।  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधि संशोधन गरेको छ । कार्यविधिमा दोस्रो दोस्रो संशोधन गर्दै गृहले प्रमुख जिल्ला अधिकारी खटनपटनलाई नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीय स्तरको कार्य अनुभव, रुची, क्षमता र वरिष्ठताको आधारमा थप सरल, पारदर्शी एवम् अनुमानयोग्य बनाउने […]

सीडीओ सरुवा मापदण्ड भत्किन दिन्नौं

मुलुकको समग्र शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह हाल शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुहुन्छ । समग्र शान्तिसुरक्षाको अवस्था, सेवा प्रवाह, सुशासन तथा राजनीति र प्रशासनबीच हुनुपर्ने सम्बन्धलगायतका बारेमा गृहसचिव सिंहसँग नेपाल समाचारपत्रका लागि सागर पण्डितले गरेको कुराकानीको सम्पादित अंश : – अपराध नियन्त्रणमा समुदाय र नागरिक समाजको सहयोग आवश्यक – अपराधका […]

गृह मन्त्रालयले गर्‍यो ९ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलालीसहित विभिन्न ९ जिल्लामा गृह मन्त्रालयले सीडीओ सरुवा गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुमपश्चिम, उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । गृह मन्त्रालयले मन्त्रालयमै कार्यरत ३ उपसचिव र १ स...

एसपी-सीडीओ जुवा प्रकरणः सर्लाहीका सीडीओ र सुरक्षा प्रमुख तानिए

सार्वजनिकस्थलमा जुवा खेलेको प्रकरणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई तानिएको छ ।  ‘आइतवारको निर्णयले सर्लाहीका सीडीओ सरुवा गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । यस्तै प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका (एसपी) सन्तोषसिंह राठौरको सोमवार काज सरुवा गरेको थियो । सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठलाई समेत सशस्त्र प्रहरी प्रधान कार्यालय तानिएको छ । सर्लाहीको नयाँ सीडीओको रुपमा बाबुराम खतिवडाल...

१२ जिल्लाका सीडीओ सरुवा (सूचीसहित)

गृह मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । आज गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णय गर्दै १२ जनालाई जिल्लामा सरुवा गरेका छन् भने ३ जनालाई मन्त्रालय तानेका छन् । मन्त्रालयका सह–सचिव घनश्याम उपाध्याय ललितपुरको सीडीओ बनेका छन् । रुद्रादेवी शर्मालाई गुल्मीबाट भक्तपूरको सीडीओ बनाईएको छ । पुण्यविक्रम पौडेललाई गुल्मी पठाईएको छ । शंकर अर्याल गोरखाको सीडीओ बनेका छन् ।मोरङका सीडीओ कोषहरि निरौलालाई मन्त्रालय तानेर त्यहाँ काशिराज दाहाललाई पठाईएको छ । दीपक पहाडीलाई रामेछापको, टेकराज निरौलालाई दोलखाको र नुरहरि खतिवडालाई संखुवासभाको सीडीओ बनाएर पठाईएको छ । आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देहीको सीडीओ बनाएर सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गर्‍यो १६ सीडीओको काज सरुवा [सूचीसहित]

गृह मन्त्रालयले विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । मन्त्रालयले सीडीओको काज सरुवा गरेको प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । को कहाँ सरुवा ?

दर्जन बढी जिल्लामा सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । गृहका...