काठमाण्डाै – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतमा पेस गर्ने कार्य स्थगित भएको छ । गएको जनवरी १ मा सेनाले सत्ता कब्जा गरेलगत्तै पक्राउ परेकी सुकीलाई साेमवार अदालतमा पेस गर्ने योजना थियो ।
इन्टरनेटको माध्यमबाट अदालतमा पेस गर्ने कार्यक्रम रहेको भए पनि प्राविधिक कारण देखाउँदै स्थगित गरिएकाे बीबीसीले जनाएको छ ।
चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सु...