अर्थमन्त्री पौडेलले गरे महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेका छन् । शक्तिशाली बजेट महाशाखाको प्रमुखमा रहेको धनिराम शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा सारिएको छ । चालु आर्थिक वर्षको बजेट लेखन टिममा रहेर शर्माले बजेट लेखेका थिए । यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुखमा रहेका श्रीकृष्ण नेपाललाई बजेट महाशाखा प्रमुख बनाइएको छ […]

सम्बन्धित सामग्री

अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड : अर्थमन्त्री

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । मंगलबार मात्र दलहरूको साझा संकल्पपत्र जारी भएको भन्दै यसको प्रमुख लक्ष्यसमेत अर्थतन्त्र चलायमान बनाउनु […]

कर्णालीकै अर्थमन्त्री, सडककाे अवस्था ‘मृत्युमार्ग’ : उपमहासचिव गुरुङ

नेकपा एमाले पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले कर्णालीकै अर्थमन्त्री भए तर सडकको अवस्था मृत्युमार्ग रहेको टिप्पणी गरेका छन्। उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संकेत गर्दै कर्णाली राजमार्गको...

अर्थमन्त्री महत र नेपालस्थित प्रमुख दाताबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका प्रमुख दाताहरुसँग अहिलेको आर्थिक अवस्था बारेमा जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसलाई मंगलबार भेट्दै अर्थमन्त्री महतले अहिले भइरहेका विकास आयोजनाको निर्माणलाई फास्ट ट्रयाकमा निरन्तरता दिने बताउनुभएको थियो । बुधबार भने एसियाली विकास बैंकका देशीय निर्देशक अर्नड […]

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुख पावरबीच भेटघाट

काठमाण्डाै - विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । यूएसएआडीको मुख्यालय वाशिङ्गटन डीसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो । साथै अर्थमन्त्री शर्माले यस अवसरमा आउँदाे&nbs...

मिडिया र प्रमुख प्रतिपक्षका कुरा झुटा र भ्रामक : अर्थमन्त्री शर्मा

एमालेले अनधिकृत व्यक्तिको संलग्नतामा बजेट निर्माण भएको विषय उठाएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रस्टीकरण दिएका छन् । उनले आधिकारिक ढंगले नै बजेट निर्माण भएको दाबी गर्दै मिडिया र प्रमुख विपक्षी एमालेले उठाएको...

एमालेद्वारा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।  बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । आजको प्रतिनिधि सभा बैठकको सुरुमा नै एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभयो । सांसद पाण्डेले अर्थमन्त्री शर्मा...

श्रम निर्यात नै आयातमुखी अर्थतन्त्रको प्रमुख कारण : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण नै श्रम निर्यात रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४ औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।  उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै सम

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

९ भदौ, काठमाडौं । २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र […]