काठमाडौं (अस) । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा बैंकमा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान गरेको छ ।
बैंकले वार्षिकोत्सव अवसरमा १० दिने क्यासब्याक अफर अवधि समापन भएको छ । योजनाअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस वा ई–कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक २ सय १० र अफर अवधिभर अधिकतम २ हजार १०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्ने व्यवस्था थियो ।
क्यास ब्याकका अतिरिक्त ग्राहकले दैनिक उपहार जित्न सक्ने प्रावधान छ ।
डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्येबाट एक जनाले मेगा बम्पर उपहारस्वरूप फोन पेका तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्छन् ।
बैंकले वार्षिकोत्सव अवसरमा नियामक निकाय, ऋणी, ग्राहक सबैलाई आउँदा दिनमा थप गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ ।