बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ । सातौँ संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो ।
संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई...