न्याय माग्दै नेपालगञ्जबाट हिँडेर आएकाको माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : न्याय माग्दै बाँकेको नेपालगञ्जदेखि पैदल यात्रा गरी काठमाडौं आइपुगेका महिला तथा अधिकारकर्मीहरू काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्।नेवाजी गाउँकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान नगरेको भनी उनीहरू न्याय माग्न काठमाडौं आएका हुन्। उनीहरुले असोज १ देखि पैदल यात्रा सुरु गरेका थिए।यसअघि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा भदै १३ देखि ३१ सम्म धर्ना दिएका थिए। उनीहरू न्याय नपाइञ्जेल नफर्किने बताएका छन्।