जीवन के हो ? केही साल यो धर्तीमा बाँच्नलाई वरदान भन्ने गरिन्छ । किनभने, सयौं जुनीमा बल्ल मान्छे भएर जन्मिन पाइन्छ । मान्छे नै किन हुनु पर्यो र पशुपन्छी भए हुँदैन ? हामीले पढ्दै आएको कुरा हो– मान्छे एक बुद्धिमान प्राणी हो । हामीमा के सही, के गलत छुट्याउन सक्ने क्षमता हुन्छ । तर, जानी नजानी हामी त्यो कुरालाई पटक–पटक पन्छ्याउँछौं । जबसम्म पूर्ण रूपमा बिर्सिंदैनौं ।