सिंहदरबारले सुनेन विद्यालयका कर्मचारीको चीत्कार, भोकभोकै माइतीघरमा

‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बसेको, सिंहदरबारले नसुने झैँ गर्छ ।’