निर्वाचन कानून संशोधन गरेर जेठमा निर्वाचन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

५ दलीय सत्तारुढ गठबन्धनले निर्वाचन कानून संशोधन गरेर जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।  स्थानीय तह निर्वाचन ऐन अनुसार जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरेर परिणाम घोषणा गरिसक्नुपर्छ तर गठबन्धनले जेठ महिनाभित्र निर्वाचन गर्ने भनेपछि कानून संशोधन गर्नुपर्ने भएको छ ।  सरकारका प्रवक्ता एवं गठबन्धन बैठकमा सहभागी भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।  निर्वाचन कानून संशोधन गर्नुपर्ने भए त्यसको तयारी गर्न प्रध...