चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको २ सय सय हेक्टर जमिन भाडामा दिने गरी माडी नगरपालिकाले गरेको सम्झौताविरुद्ध निकुञ्ज प्रशासनमा उजुरी परेको १४ महिना बितिसकेको छ । उजुरी परेको ९ महिनापछि निकुञ्जले माडी नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिकाका सबै सदस्यहरूसहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।