राहत आवश्यकता बुझेर दिनुपर्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराउनुपर्ने बताएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले दाताहरु पुगेपनि उनीहरुलाई स्थानीय समस्या थाहा नहुने उल्लेख गरे। प्रधानमन्त्रीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन समेत दिएका थिए।