देखभूली स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

कञ्चनपुर : लालझाडी गाउँपालिको देखभूली स्वास्थ्य चौकीलाई उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ। केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिहरुले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन्।रेफ्रिजेरेटर हस्तान्तरण  कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेटर उपलव्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताए।‘सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खडकाको पहलमा दातृ संस्थाले रेफ्रिजेटर उपलव्ध गराएका छन’ उन

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

कञ्चनपुर । लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्य चौकीलाई बिहीवार उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ । केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताए । २६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य  चार लाख ९७ हजार रहेको छ । स्वास्थ्य चौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्ल्यूएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभुली स्वास्थ्य चौकीमा मात्रै रहेको छ ।      यसैगरी जिल्लामा ८६ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउन जिल्लाका नौ स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई खोप लगाइएको हो ।      भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालू आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो । भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने उनले बताए । ‘चालु आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ,’ उनले भने, ‘दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौं । अभियान निरन्तर जारी रहन्छ ।’ एक पटक खोप लगाईसकेपछि ३ वर्षका लागि ढुक्क हुने उनको भनाइ छ । रासस

स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

लालझाडी गाउँपालिकाको देखभूली स्वास्थ्य चौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ।

म्याग्दीमा आइपुग्यो कोभिडविरुद्धको खोप

कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिकारीलाई हस्तान्तरण गरेका छन्।