जग्गा कित्ताकाटमा सहजीकरण गरेको चार महिना बितिसक्दा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । कित्ताकाट हुन नसक्दा घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीले बताउँदै आएका थिए । तर साउन ३० मा सरकारले भू–उपयोग नियमावली, ०८० संशोधन गर्दै कित्ताकाटमा लचिलो नीति अपनाएको थियो ।