झापा : पूर्वी नेपालमा भारतबाट अवैध औषधि भित्राउने इलामको सूर्योदय नगरपालिका-२ स्थित पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। इलामबाट झापा ल्याउँदै गरेको ठूलो परिणामको अवैध औषधि झापा प्रहरीले बुधबारेबाट बरामद गरेसँगै पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न पुगेको पुष्टि भएको हो। सोही नाकाबाट भित्रिएको २८ पोका अर्थात् करिब ८० लाख मुल्य बराबरको अवैध औषधि सशस्त्र प्रहरीले गत मङ्सिर १८ गते बरामद गरेको थियो। इलामबाट झापातर्फ आइरहेक