एनसेल बाह्रखरी गल्फ तेस्रो संस्करणको विजेता टाशी छिरिङ भएका छन् । छिरिङले उपाधिसँगै गोल्डेन बल जितेका छन् ।
उनले बाह्रखरी गल्फले सगरमाथा क्षेत्रमा आयोजना गरेको प्रतियोगिता निकै नौलो भएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विजेता छिरिङलाई गोल्डेन बल तथा ट्रफीले सम्मान गरेका थिए ।