बर्सेनि घाटा बेहोर्नुपरेको भन्दै दुई वर्षदेखि बन्द रहेको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल सञ्चालन गर्न पहल थालिएको छ । मिलको अवस्था बुझ्न संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोली दुई दिनअघि रौतहट आएर फर्केको छ । टोली आएपछि मिल सञ्चालन हुने आशा पलाएको भन्दै स्थानीय किसान खुसी छन् । मिल बन्द हुँदा दुई दशकदेखि उखु खेती गर्दै आएका किसान र मिलमा काम गर्ने मजदुर मारमा परेका थिए ।