बहराइनका राजकुमारसहितको टोली सगरमाथाको शिखरमा

काठमाडौं।बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरको छ।राजकुमार खलिफासहितको टोली बिहान ६ः४०मा सगरमाथाको शिखरमा पुगेको हो। कामीरिता शेर्पासहितको टोलीबाहेक राजकुमार खलिफाको टोली यो सिजन सगरमाथामा पुग्ने पहिलो टोली हो। राजकुमार खलिफाले गत वर्ष लोबुचे र मनास्लु हिमाल आरोहण गरेका थिए। यो वर्ष पर्यटन विभागले ४०८ जनालाई सगरमाथा आरोहणका लागि अनुमति दिएको छ।