प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव, कांग्रेस कार्यकर्ताद्वारा एमालेविरुद्ध नाराबाजी

नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव उत्पन्न भएको छ । कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भइ नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा प्रहरी सुरक्षा बढाइएको छ । शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेम