भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताउनुभएको छ । दुई सय आठौँ भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा–साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको जनाउनुभयो । उहाँले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गराउन पहल गर्दै आएको पनि जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन् । दुई सय आठौँ भानु जयन्तीका पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा–साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको जनाए । उनले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्