सिन्धुपाल्चाेककाे बाढी र पहिराेमा २० जना सम्पर्कविहीन

काठमाण्डाै – सिन्धुपाल्चोकमा बाढी र पहिराेका कारण २० जना सम्पर्कविहीन भएका छन् । सिन्धुपाल्चाेकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म २० जना सम्पर्कविहीन भएका जानकारी दिनुभएकाे हाे ।  यस्तै उहाँले बाढी र पहिराेमा परि घाइते भएका पाँच जनाकाे उपचार भइरहेकाे बताउनुभयाे । अहिलेसम्म बाढी र पहिराेमा फसेका ७४ जनाकाे उद्धार भएकाे सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयाे ।  सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो...

सम्बन्धित सामग्री

डोटीको सायलका बाढी पहिराे पीडितलाई राहत वितरण

विमल विष्ट, डोटी ।  गएको असोज ३१ गते देखि परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरामा परि पीडित भएका सायल गाउँपालिका–१ का बाढी पहिरा पीडितलाई राहत वितरण गरिएको छ । मिसोएसियाको आर्थिक सहयोग तथा कारीतास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घर परिवारलाई राहत वितरण गरिएको हो । हिराले खेती बगाएको तथा […]

प्रधानमन्त्री देउवाले गरे बझाङको पहिराे प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुगेका छन् । यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट […] The post प्रधानमन्त्री देउवाले गरे बझाङको पहिराे प्रभावित क्षेत्रको निरीक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माथिबाट पहिराे अनि तलबाट इन्द्रावतीले रेटेपछि जिरोकिलो मेलम्ची सडक अवरुद्ध

काठमाडौँ – लगातारको बाढी तथा पहिरोका कारण क्षति पुगेपछि सिन्धुपाल्चोककाे जिरोकिलो मेलम्ची सडक अवरुद्ध भएको छ। फटकशिलाको रातोमाटे भन्ने ठाउँमा माथिबाट पहिरो र तलबाट इन्द्रावती नदीले कटान गर्दा बाटो अवरुद्ध भएको छ। सडकको अवस्था बिग्रेपछि मेलम्ची मात्रै पुग्न पनि मुस्किल भएको छ। पुल भत्केपछि त्यसभन्दा माथिल्लो भेग यसअघि नै यातायात सम्पर्कबाट टुटिसकेको थियाे। सडक अवरुद्ध […]

लमजुङ बाढी–पहिराे : विभिन्न जलविद्युत् आयोजनामा दुई अर्बभन्दा धेरैकाे क्षति

लमजुङ – लमजुङमा रहेका विभिन्न जलविद्युत् आयोजनामा बाढी र पहिरोबाट दुई अर्ब रुपैयाँभन्दा धेरैकाे क्षति भएकाे छ । लमजुङको दोर्दी खोला, मर्स्याङ्दी नदी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा गरी बाढी र पहिरोबाट दुई अर्ब ७१ करोड रुपैयाँ बराबरकाे क्षति पुगेको ‘रिपोर्टिङ’ भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।   बाढीले २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना, १० मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनाको पावर हाउस, ड्याम साइटमा क्षति पुर्‍याउनुका साथै ...

पहिराे र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च सावधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

बाढी–पहिराे : खाेज, उद्धार र राहत वितरणमा खटिँदै सेना

काठमाण्डाै – विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावित नागरिककाे उद्धार र राहत वितरणमा नेपाली सेना खटिरहेका छन् ।  नेपाली सेनाले आज मनाङकाे ताछे, रुगु, भिर र ताल क्षेत्रबाट बाढी तथा पहिरोबाट जोखिममा परेका ८१ जना स्थानीयवासीलाई एमआई-१७ हेलिकप्टरमार्फत उद्धार गरेको छ । यस्तै सेनाले सिन्धुपाल्चोककाे मेलम्चीबाट हेलिकप्टरद्वारा हेलम्बु गाउँपालिकामा रहेकाे क्युल र चनौटे क्षेत्रमा रहेका बाढी प्रभावित व्यक्तिहरूको खोज, उद्धार तथा राहत ढुवानी कार्यमा सहयोग गरेको छ । ...

इन्डोनेसियामा बाढी र पहिराेबाट ज्यान गुमाउनेकाे संख्या १५० नाघ्यो

काठमाण्डौ - इन्डोनेसिया र तिमाेर लेस्तेमा बाढी र पहिरोबाट ज्यान गुमाउनेकाे सङ्ख्या १५० नाघेकाे छ ।  अझै पहिराे र बाढीमा दर्जनाैँ हराइरहेका त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् ।  बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने तिमोर लेस्ते​ बढी प्रभावित भएकाे बीबीसीले जनाएकाे छ । यस प्रकोपबाट इन्डोनेसियामा १३० र  तिमाेरमा २७ जनाको ज्यान गइसकेकाे इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । तिमाेरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गइसकेकाे बीबीसीमा उल्लेख छ ।&n...