पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

काठमाडाैं : कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्र दुई महिनापछि धकेलियो। असार १ गतेबाट सुरु भएको शैक्षिक सत्र वि.सं. २०७८ मा पठनपाठन हुने समय करिब ९ महिनामात्रै बाँकी छ।तर शैक्षिक सत्र सुरु भएको महिना दिन बित्नै लाग्दा पनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छैन। जारी निषेधाज्ञा र निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि हिमाली जिल्लाका केही विद्यालयमा पुस्तक पुर्‍याउन नसकिएको हो।कतिपय शहरी वा बजार क्षेत्रका सामुदायिक विद्यालयहरुमा भने वैकल्पिक विधिबाट पठनपाठन सुरु भई