हिमपहिरोमा हराएका पाँचको अवस्था अज्ञात, निरन्तरको हिमपातले खोजी अवरुद्ध

काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा बेपत्ता भएका पाँचजनाको खोजी कार्यमा कठिनाइ भएको छ। निरन्तर हिमपात भइरहेका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।यार्सागुम्बा संकलन गर्न गएकामध्ये पाँचजना हिमपहिरोमा परी मंगलबार ३ बजे बेपत्ता भएका थिए। नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र कमला कुँवर र प्रवीण कुँवर बेपत्ता भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्

सम्बन्धित सामग्री

यार्सा टिप्न मुगु जाँदा हिमपहिरोमा हराएका जुम्लाका १२ जना सम्पर्कमा

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार शुक्रबार हिमपहिरोमा परेका उनीहरू आइतबार सम्पर्कमा आएका हुन् ।

हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला

हिमपहिरोमा परी बेपत्ता भएका भारतीय सैनिक चन्द्रशेखर हर्बोलाको शव ३८ वर्षपछि फेला परेको छ । भारत-पाकिस्तानको सीमामा पर्ने सियाचन हिमनदीमा सन् १९८४ मा गएको हिमपहिरोमा परी हर्बोलासहित २० सैनिक हराएका थिए ।

हिमपहिरोमा परी १५ चौंरी मरे, १० वटा हराए

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौंरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौंरी मरेका हुन्। शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए। 'चौरी बास बसेको खर्कमा…

मानापाथी हिमपहिरोमा १५ चौरी मरे

मानापाथी (टुक्चे पिक) हिमालबाट शनिबार बिहान ३ बजे छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचनका १५ चौरी मरेका छन् । सुशीला र अर्का किसान नरप्रसाद गौचनका गरी अन्य १० चौंरी हराएका छन् ।

हिमपहिरोमा हराएका किसानको चार दिनपछि शव भेटियो

हिमपहिरोमा परेर बेपत्ता भएका यहाँका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासो गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।  हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार प्रहर

अन्नपूर्ण क्षेत्रमा गत माघदेखि हराइरहेका सबैको शव भेटियो

अन्नपूर्ण क्षेत्रमा साढे तीन महिना अगाडिको हिमपहिरोमा हराएका सबै पर्यटक र पथप्रदर्शकको शव फेला परेको अधिकारीहरूले बताएका छन्।

अन्नपूर्ण हिमपहिरोमा हराएका थप दुईसहित सातै जनाको शव फेला

काठमाण्डौ - अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गएको माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कु केभ वरिपरिको हिमपहिरोमा परेर  बेपत्ता थप दुई जनाको शव शुक्रबार बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला पर...

अन्नपूर्ण आधार शिविरमा हराएका ३ नेपालीसहित ४ काेरियाली पर्यटककाे उद्धारमा समस्या

कास्की – अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् । त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५...

हिमपहिरोमा हराएका पर्यटक खोज्न कोरियन दूतावासले पठायो हेलिकप्टर

पोखरा – पोखरामा परेको हिमपहिरोमा परी हराएका पर्यटक खोज्न कोरियन दूतावासले हेलिकप्टर पठाएको छ। अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको ...

हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता

दार्चुलामा हिमपहिरोमा परेर मंगलबार दिउँसो २:४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।