प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिनुभएको बताइएको छ । नेकपा माओवादी केन्द्र आजै सरकारमा सहभागी भएको छ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा स