झापा - पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको एक करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद भएकाे छ ।
शुक्रवार हिजाे बेलुका साढे ७ बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरबाट सामान बरामद गरिएको हाे ।
सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको व...