छोरो विदेशमा, सासु-ससुरा र श्रीमान घरमा, म कोरोनाविरुद्ध कलम तिखारिरहेकी छु

चैत ४ गते फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको खबरसँगै मुलुक अत्तालियो । सरकारले एकपछि अर्को निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द ग¥यो । चैत ११ गते मङ्गलबार बिहान ६ बजेदेखि मुलुकभर लकडाउन शुरु भइहाल्यो । सञ्चार माध्यमले त्रास थप्दै चीनको वुहानबाट शुरु कोभिड–१९ विषाणुले विश्वव्यापी महामारीको रुप लिइसकेको जानकारी दिन थाले ।