रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार २३ औँ दिन पनि लडाइँ चलिरहेको छ । रुसी सेनाले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा आक्रमण गरिरहेकाे छ ।
रुसी आक्रमणबाट युक्रेनमा सर्वसाधारणसहितको ज्यान जानुको साथै भौतिक संरचनाहरू तहसनहस भएका छन् । यस्तै रुसी सेनातर्फ पनि धेरै क्षति भएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षा मन्त्रीले अहिलेसम्म १४ हजार दुई सयभन्दा धेरै रुसी सेनाको ज्यान गएको बताउनुभएको बीबीसीले जनाएको छ । तर दुवैतर्फ भएको क्षतिको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
यस्तै युक्रेनले...