२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढावा दिने खालको नीति तथा कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगसँग आग्रह गरेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा बुधबार भएको भेटवार्तामा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिए । […]