टी–ट्वान्टी विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिँदै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ट्रफी आज बुधबारबाट भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनको लागि राखिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि भक्तपुर दरबार स्क्वायरमा ट्रफी राखिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्‍याइएको थियो । […]