प्रहरी हत्या प्रकरण : परिवारको खम्बा ढलेपछि...

गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ । गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ, विकको । उहाँसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गर्नुभएको छ । मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए । कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

महिला प्रहरी हत्या प्रकरण: कसरी ल्याए झाँक्रीले तालिम केन्द्रको पेस्तोल ?

महिला प्रहरी माथि गोली प्रहार गरि हत्या गर्ने सहायक प्रहरी हवलदार यमबहादुर झाँक्रीले आफू कार्यरत नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रकै पेस्तोल लिएर आएको बयान दिएका छन्।...

म्यादी प्रहरी हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ। मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्। किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका…

कैलालीमा दुई प्रहरी हत्या प्रकरण : आठ जनालाई जन्मकैद, एक जनालाई सफाइ

कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् । जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का […]

धनगढी प्रहरी हत्या प्रकरण : आठ अभियुक्त कारागार चलान, एक अझै फरार

धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र

प्रहरी हत्या प्रकरण : हत्या आरोपमा थप एक व्यापारी पक्राउ

धनगढीमा दुईजना प्रहरीको हत्या घटनासँग जोडिएको तस्करीको मटर (केराउ) को कारोबारमा संलग्न एकजना व्यापारीलाई