नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा– २ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय सभाको गठनका विषयमा कांग्रेसले राखेको एकल संक्रमणीय प्रणालीमा जान हुन्न भन्ने माओवादीको अडान नरहेको बताउँदै उनले विज्ञहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताए ।