बिलेट उद्योग सञ्चालनको तयारी

अम्बे समूहले एक अर्ब २५ करोड रुपियाँको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउने भएको छ । आउँदो दुई महिनाभित्र बाँकेको जानकी गाउँपालिकाको गनापुरमा सो उद्योग सञ्चालन गर्नेगरी तयारी भएको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले जानकारी दिनुभयो । सो समूहले दुई वर्षअघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो ।