प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कृषि र पशुपालनामा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक रहेको बताएका छन् ।
विश्वविद्यालय सभाको नवौँ साधारण बैठकमा आज सम्बोधन गर्दै उनले यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानका आधारमा नीति निर्माण गर्न विश्वविद्यालय सक्षम र सहयोगी हुने विश्वास व्यक्त गरे ।
कृषि, शिक्षा तथा प्रसारलाई एकीकृत रुपमा सञ्चालन गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले आधुनिक कृषि र वन प्रविधिलाई विश्व...