काठमाडौं । राष्ट्रिय जनमोर्चाले जेठ ९ गते राष्ट्रपतिद्वारा जारी ‘नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ भारतको स्वार्थमा ल्याइएको दावी गर्दै उक्त अध्यादेश खारेज गर्न माग गरेको छ । नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि सारिएका प्रावधान राष्ट्रघाती रहेको भन्दै सो पार्टीले अध्यादेश खारेजीको माग गरेको हो ।सोमबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै उक्त अध्यादेशको दफा ३ को उपदफा (४) तथा (५) राष्ट्रियताका लागि निकै घातक रहेको जनाएका हुन् । दफा ३ को उपद