नेपालका अधिकांश कन्सल्टेन्सी गैरकानुनी रुपमा संचालन, विद्यार्थीले दुख पाए कारबाही कसले गर्ने ?

नेपालमा अहिले संचालनमा रहेका शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) कानूनी दायरा भन्दा बाहिर रहेको पाइएको छ । हाल संचालनमा रहेका कन्सल्टेन्सीहरु मध्ये अधिकांश कन्सल्टेन्सी सम्बन्धित निकायमा दर्ता बिना नै संचालनमा रहेको र केही कन्सल्टेन्सी नवीकरण बिना नै संचालनमा रहेको पाईएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलाय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाकाअनुसार दर्ता भएर संचालनमा रहेका कन्सल्टेन्सीको संख्या एक हजार चार सय सत्तरी मात्र छन्। बाँकी कन्सल्टेन्सी दर्ता बिना नै संचालनमा रहेको पाईएको छ। काठमाण्डौ उपत्यकामा मात्रै करिब तीन हजार बढी कन्सल्टेन्सी रहेको बताइन्छ । त्यस्तै शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा दर्ता भएर संचालन भएका कन्सल्टेन्सीहरु मध्येपनि २०७५ साउन २४ यता कुनै पनि कन्सल्टेन्सी नविकरण हुन सकेका छैनन् । संघीयता कार्यन्वयन पश्चात सोहिअनुसार नै शिक्षा ऐन नै संशोधन हुनुपर्ने तर अहिलेसम्म उक्त शिक्षा ऐन नै पारित नभएकाले नविकरण हुन नसकेको उक्त शाखाले जनाएको छ। यद्यपि नविकरणको लागि मात्रै १६९ कन्सल्टेन्सीले आवेदन दिएका छन्। नविकरण हुन नसक्नु कन्सल्टेन्सीको मात्र समस्या नभई राज्यको नै कमजोरी भएपनि दर्ता बिना नै संचालन हुनु गैरकानुनी भएको शाखा प्रमुखको भनाई छ। दर्ता बिना संचालन भएका कन्सल्टेन्सीहरुको हकमा शाखाले केहि पनि गर्न नसक्ने र यसको मुख्य जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यलयको हुने शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाको दाबी छ। काठमाण्डौ उपत्यकामा संचालनमा रहेका संस्थाहरु कानुन सम्मत छन् वा छैनन् भनेर त्यसको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यलय भएकाले दर्ता हुनुपर्ने सम्बन्धित निकायमा दर्ता बिना नै संचालन भएकालाई कारबाही गर्ने अधिकार पनि सम्बन्धित जिल्ला प्रशासन कार्यलयको भएको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय पनि शिक्षा मन्त्रालयलाई देखाएर उम्किने प्रयास गरिरहेको छ । शिक्षा मन्त्रालयको स्वीकृति नलिई काठमाडौँमा संचालन भइरहेका कन्सल्टेन्सीमाथि कारवाही गर्ने जिम्मा मन्त्रालयकै रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी दिपक पौडेलले बताए । 'शिक्षासँग जोडिएको विषय विभागीय मन्त्रालयले नै हेर्ने हो,' पौडेलले बिजपाटीसँग भने, 'हामीले आवश्यक सहयोग गर्ने हो । उहाँहरूले नै भन्नुपर्यो यहाँ बेथिति छ भनेर । मिलेर काम गर्न तयार छौं तर मन्त्रालयले हामीलाई देखाएर यस्तो मुद्दामा पन्छिनु हुँदैन ।'त्यस्तै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनले पनि शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले आफुहरुलाई जानकारी गराएको अवस्थामा यसरी दर्ता बीना नै संचालन भईरहेका कन्सल्टेन्सीहरुलाई कारबाही गर्न सकिने जनाएको छ। 'कन्सल्टेन्सी संचालन गर्नलाई स्वीकृति दिने निकायले नै यस बिषयमा चाँसो लिएर काम गर्नुपर्छ, बीना दर्ता कन्सल्टेन्सी संचालन भईरहेको थाहा पाउँदापाउँदै कुनै कारबाही नगर्नु र कारबाहीको लागि सरकारको अर्को निकायसँग समन्वय पनि नगर्नुले उल्टै शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र विभागीय मन्त्रालयको नियतमाथि प्रश्न उब्जिन्छ' अपराध महाशाखाका एक अधिकारीले बिजपाटीले बताए। विद्यार्थीले दुख पाए कारबाही कसले गर्ने ? शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुखकाअनुसार स्वीकृति लिएर संचालनमा आएका कन्सल्टेन्सी बिरुद्द उजुरी आए आफुहरुलै नै त्यसको समाधान खोज्ने प्रयास गर्ने र नभए सम्बन्धित निकायमा पठाउने गरिएको छ। तर स्वीकृति बीना नै संचालनमा रहेका कन्सल्टेन्सी बिरुद्द विद्यार्थीले उजुरी गरेको अवस्थामा सिधै अपराध महाशाखा वा सम्बन्धित निकायमा अनुसन्धानको लागि सिफारिस हुँदै आएको छ।

सम्बन्धित सामग्री

तिमीलाई कसले फर्कायो?

अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?...

तिमीलाई कसले फर्कायो?

अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?...

तिमीलाई कसले फर्कायो...!

शिक्षा विधेयकविरुद्धको आन्दोलनका बेला शिक्षक होमनाथ न्यौपानेले गाएको ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि ‘तिमीलाई कसले फर्कायो’ भन्दै कतिपयले व्यंग्यसमेत गरेका छन्।...

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

गृहमन्त्री अर्थमन्त्री शंकाको घेरामा रहेकाले कसले बयान लिने उनले प्रश्न गरे । ‘गृहमन्त्री, अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? सीआईबीले उठाउँछ ? भन्साले उठाउँछ ?’ उनले प्रश्न गरे ।

कसले सुधार्छ कांग्रेसलाई ?

कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी हो । सरकारमा सबैभन्दा बढी मन्त्रीहरू भएको पार्टी हो । घोषणापत्रमा लेखिएका एक/एक कार्यक्रम लागू गराउने जिम्मा कसले लिने ?

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा

तपाईको फेसबुक प्रोफाइल कसले लुकाएर हेर्छ, जान्नुहोस् यो ट्रिक

१९ मंसिर । फेसबुकको प्रोफाईल कसले हेर्यो कसरी थाहा पाउने यसको बारेमा आज हामी जानकारी दिन गइरहेका छौ । फेसबुकमा अन्य प्रयोगकर्ताको फेसबुक प्रोफाइल हेर्ने चलन सामान्य भएको छ । यदि तपाइँ पनि तपाइँको प्रोफाइल कसले हेर्नुभयो जान्न चाहनुहुन्छ भने, यो जानकारी तपाइँको लागि हो। फेसबुक प्रोफाइल कसले हेर्यो भनेर कसरी जाँच गर्नेः फेसबुक संसारको […]

मै मरे तिमीलाई कसले माया गर्छ…

काठमाडौं । मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ मैं मरे तिमीलाई कसले माया गर्छ जाजरकोट कुशे गाउँपालिकका ९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक पटक सुनेकी थिइन् । उनको जिन्दगीमा यस्तो मोड आयो, श्रीमान् ४७ वर्षीय भरतविक्रम शाहीका लागि मुटु त होइन, कलेजो चाहियो । कलेजो भने दिन मिल्ने थियो । आधा आधा बाँडेर […]

कसले सजाइदेला यो देशको माटो !

तर, किन आज कुहिरो भित्र लुकेको छ पाखा गोधूलिमा सुनिँदैन लैबरीको भाका बाँझै देख्छु फापर फुल्ने स्वाँराको पाटो कसले सजाइदेला बरै यो देशको माटो!