संयुक्त राष्ट्रसंघको निरीक्षण टोली युक्रेनको आणविक उर्जा केन्द्रमा पुगेको छ । जापोरिझिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा टोली अनुगमनका लागि पुगेको हो ।
टोलीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गर्नुभएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको अनुगमनमा पुग्न यसअघि महिनौं लामो वार्तापछि सम्भव भएको हो । तर रुस र युक्रेन दुवै देशले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई प्लान्टभित्र पुग्न समस्या भएको छ । दुई देशलाई सैन्य गतिविधि रोक्...